सिक्किमका छजना खेलाडी खेलो इन्डिया नेशनल ताइक्वाण्डो महिला लीग प्रतियोगितामा सहभागी

n591907770171051252220167d46a2c7b3ec11c0ab48c6870d7257c82d8680b52d5e96f2b129e0d1fcfc84a.jpg

गान्तोक: गत ९-११ मार्चसम्म ओडिशाको कटकमा आयोजना भएको पहिलो खेलो इन्डिया नेशनल ताइक्वाण्डो महिला लीग २०२३-२४ मा सिक्किमका छजना खेलाडीले सहभागिता जनाएका थिए। ओडिशा ताइक्वाण्डो एसोसिएशन र भारत सरकारको युवा मामिला एवम् खेलकूद मामिलाद्वारा जेएन इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा पीएम श्री कन्या उच्चत्तर माध्यमिक विद्यालयमा जोयसी कुएनसेल तेञ्जिङले ५१ किलोग्रामको वर्गमा रजत पदक प्राप्त गरे।

यसरी नै नाम्ची सरकारी महाविद्यालयका मनिन्द्रा छेत्रीले ५७ किलो ग्राम वर्गको प्रतियोगितामा, सुलोचना लिम्बूले ४६ किलोग्राम वर्ग, छिरिङ डिकी तामाङले ५२ किलोग्राम वर्गमा सहभागिता जनाएका थिए। यस टोलीको नेतृत्व नाजीताम सरकारी माध्यमिक विद्यालयका कोच पवन कुमार सुब्बा र ईएल बेथल एकादमीका टीम प्रबन्धक रतन रसाईलीले गरेका थिए।

About Author

Advertisement