रम्फू: पश्चिम पाण्डामको साखु वार्डमा अमर ज्योति क्लब भवनको उद्घाटन साथै वार्ड स्तरीय सभा आज सम्पन्न भयो। क्षेत्र विधायक तथा मन्त्री एलबी दासको विशेष उपस्थितिमा सम्पन्न यस कार्यक्रममा आरडीडी अध्यक्ष सुनिता शर्मा, पञ्चायत अध्यक्षा कुसुम तामाङ, जिल्ला पञ्चायत सदस्य आरती दर्जी एवं सम्पुर्ण पञ्चायतगण, खण्ड विकास अधिकारी प्रेम कुमार सुब्बा, केपी सुवेदी, बिध्या विश्वकर्मा, एसकेएम पार्टी कार्यकर्ता लगायत अन्य गन्यमान्य व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। सभामा अमर ज्योति क्लब निर्माणमा सहयोग अनि साखुमा सड़क मार्गको सुविधा तथा गरीब जनतालाई घर, आमा योजना जस्ता सबै प्रकारका आवश्यक सहयोग उपलब्ध गराइदिएकोमा सम्पुर्ण साखुवासीद्वारा क्षेत्र विधायक तथा मन्त्री एलबी दासप्रति कृतज्ञता व्यक्त गरेका गरे। पाँच वर्षको कार्यकालमा यो निर्वाचन क्षेत्रमा काम गर्नको निम्ति असल नेतृत्व यो क्षेत्रलाई दिएकोमा क्षेत्रवासीले मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रति आभार व्यक्त गरे।










