नाम्ची। मानव उत्थान सेवा समिति, सिक्किम राज्यको अर्धवार्षिक सभा आज दक्षिण सिक्किमको नाम्चीमा अवस्थित श्री हंस कीर्ति आश्रममा सम्पन्न भयो। सिक्किम दार्जीलिङ हिमाली क्षेत्रका प्रभारी महात्मा अखिलेश बाईजी र सिक्किम राज्य मण्डलका प्रभारी महात्मा ज्ञान बाईजीको अध्य्क्षतामा सम्पन्न यो अर्धवार्षिक सभामा सिक्किम राज्यको ९ वटा तहसिल र ६२ वटा शाखाका प्रतिनिधिहरु, मानव सेवा दलका अधिकारीगण, युवा प्रकोष्ठका प्रतिनिधिहरुको उपस्थिति थियो।
सभामा विशेषत आगामी २६ जुनको दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्यआतिथ्यमा सम्पन्न हुने राज्यस्तरीय युवा सचेतना समारोहको समापन कार्यक्रमलाई लिएर व्यापक चर्चा गरियो। यसरी नै सभामा मानव उत्थान सेवा समिति, सिक्किम राज्यले आगामी दिनहरूमा गर्नपर्ने विविध कार्य, आत्माज्ञानको प्रचारप्रसार आदि विषय माथि पनि चर्चा गर्यो।
राज्यस्तरीय अर्धवार्षिक सभाको यो अवसरमा सिक्किम राज्यको ९ वटा तहसिल र ६२ वटा शाखाका प्रतिनिधिहरु, मानव सेवा दलका अधिकारीगण अनि युवा प्रकोष्ठका प्रतिनिधिहरुले आआफ्ना अर्धवार्षिक प्रतिवेदन पनि प्रस्तुत गरे। यो सभालाई सिक्किम दार्जीलिङ हिमाली क्षेत्रका प्रभारी महात्मा अखिलेश बाईजी र सिक्किम राज्य मण्डलका प्रभारी महात्मा ज्ञान बाईजी लगायत राज्य अध्यक्ष पूर्ण बहादुर योञ्जन, प्रान्तपाल भीमप्रकाश राई, मण्डल प्रमुख प्रवीण गुरुङ अनि उत्तरपूर्वाञ्चल क्षेत्र, सिलगढीबाट आएका मुलसचिव प्रकाश हाङ्खिम र उपाध्यक्ष दिपक राईले पनि सम्बोधन गरेका थिए।










