गेजिङका पूर्व जिल्लापाल कर्मा आर. बन्पो मंगलबारे नागरिक समाजद्वारा सम्मानित

IMG-20220618-WA0157.jpg

गेजिङ। गेजिङका पूर्व जिल्लापाल कर्मा आर. बोन्पोलाई आज मंगलबारेमा नागरिक समाजद्वारा सम्मान जनाइयो। मङ्गलबारे नागरिक समाजको पक्षमा महकुमा अधिकारी सन्तोष आले, खण्ड विकास अधिकारी रबिन दोङ लगायत अन्यले पूर्व जिल्लापाल अनि उनकी धर्मपत्नी भूमिका प्रधानलाई शिष्टाचार भेट गरी अभ्यर्थना जनाए। पूर्व जिल्लापाललाई पदोन्नति भएकोमा बधाई दिँदै उनको कार्यकालमा गेजिङ, सोरेङको निम्ति विकासका धेरै सिर्जनात्मक परियोजनाहरुसहित रुपान्तरण गर्दै सोरेङलाई जिल्ला निर्माण गर्नमा अनि मङ्गलबारेलाई महकुमाको रुपमा मान्यता दिलाउन अहम भूमिका निर्वाह गरेबापत बधाई अनि कृतज्ञता व्यक्त गरे।

आफ्नो सम्बोधनमा बोन्पोले आफू गेजिङमा रहँदा शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिँदै समग्र क्षेत्रमा इमान्दारीपूर्वक काम गर्ने कोशिश गरेको बताए भने उपस्थित नागरिक टोली सदस्यहरुबाट मङ्गलबारे महकुमाको उत्तरोतर विकासमा ठूलो भूमिकाको अपेक्षा रहेको बताए।

About Author

Advertisement