माध्यमिक परीक्षा अवधि निरीक्षकको स्वास्थ्य बिग्रियो, अस्पतालमा भर्ती

IMG-20230410-WA0169-11-300x172-1

हुगलीः हुगली जिल्ला अऩ्तर्गत चुँचूड़ाको एक माध्यमिक परीक्षा केन्द्रमा शनिवार माध्यमिक परीक्षा अवधि एक निरीक्षक (शिक्षिका)- को स्वास्थ्य अचानक बिग्रियो। तिनलाई हतार-हतार चुँचूड़ा इमामबाड़ा सदर अस्पतालमा भर्ती गरियो जहाँ हाल उनको अवस्था स्थिर रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार शिक्षिकाको नाम अर्पिता मल्लिक हो। उनले गर्भवती भए पनि शनिवार परीक्षा केन्द्रमा आफ्नो ड्यूटी गरिरहेकी थिइन्। त्यसैबेला उनको रक्तश्राव शुरू भयो, त्यसपछि उनलाई अस्पतालमा पुऱ्याइयो।

अस्पताल सूत्र अनुसार शिक्षिकाको उपचार भइरहेको छ। बिमार शिक्षिका अर्पिता मल्लिकलेभनिन्, “माध्यमिक परीक्षा भइरहेको थियो। मैले ड्यूटी गरिरहेकी थिएँ। अचानक मेरो रक्तश्राव हुनथाल्यो। मलाई तत्काल अस्तपाल पुऱ्याइयो। अहिले मेरो स्वास्थ्य स्थिर छ। तर पेटमा व्यथा भने अहिले पनि भइरहेको छ।”

-हिस

About Author

Advertisement