जीटीएको मुख्य अनि दार्जिलिङ नगरपालिका अध्यक्षद्वारा दार्जिलिङ जिल्ला अस्पताल भ्रमण

IMG-20240203-WA0186.jpg

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य सचिव सौम्य पुरकैत अनि दार्जिलिंङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले आज दार्जिलिङ जिल्ला अस्पताल भ्रमण गरेका छन्। यस भ्रमण‌ अवधि जीटीए मुख्य सचिव सौम्य पुरकैत, नगराध्यक्ष दिपेन ठकुरी अनि अन्यले दार्जिलिङ जिल्ला अस्पतालका डाक्टर, नर्स साथै रोगीहरुसंग भेटघाट गरेका छन्।
दार्जिलिङ जिल्ला अस्पतालमा टाढा‌ नजीक‌ सबै ठाउँबाट विरामीहरु आउने गर्छन्। तर अस्पतालको वर्तमान स्थिति बुझ्न हेतु नै आजको भ्रमण कार्यक्रम रहेको हो भनी नगराध्यक्ष दिपेन ठकुरी बताएका छन्। जीटीएले केही समय अघिदेखि अस्पतालमा पुन: निर्माणको काम गर्दै आईरहेको छ। विरामीहरुको हितको निम्ति उक्त पुन:निर्माणको काम भईरहेको छ। आजको भ्रमणमा जीटीए मुख्य सचिवले उक्त पुन:निर्माण कार्यको निरीक्षण पनि गरेका थिए। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको कुशल नेतृत्वमा पहाड़मा चौतर्फी विकास भईरहेको साथै भागोप्रमोले बनाएको वर्तमान दार्जिलिङ नगरपालिका बोर्डले नगरपालिका क्षेत्रमा धेरै विकासको कार्यहरु‌ गरिसकेको बताएका छन्।

About Author

Advertisement