सिलगढी: मुख्यमन्त्रीको निर्देश अनुसार जङ्गल संलग्न इलाकाका माध्यमिक परीक्षार्थीहरूलाई परीक्षा केन्द्रमा जानको लागि वाहनको व्यवस्था गरिदिएको छ। आज बाघडुग्रा वन विभागको पहलमा एमएम तराई, अर्ड लगायत जङ्गल क्षेत्रका परीक्षार्थीहरूलाई सरकारी बसको माध्यमद्वारा परीक्षा केन्द्रमा पुर्याइयो। बाघडुग्रा वन विभागका रेन्जरले माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सक्दो सहयोग गर्ने बताए। तिनले अझ भने, आज बिहान हात्ती निस्केको थियो। वन विभागले हात्तीमाथि विशेष नजर राखिरहेको छ। पाँचवटा वाहनको सहयोगमा विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा पुर्याइएयो।










