खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट डेपुटी चेयरम्यान राजेस चौहानले माध्यमिक परीक्षा स्थलहरूको निरीक्षण गरेका छन्। यसको साथै उनले माध्यमिक परीक्षा दिने नानीहरूलाई जीटीएको पक्षमा शुभकामना पनि दिएका छन्। आज उनले सुकना उच्चत्तर माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रको निरीक्षण पनि गरेका थिए। उनीसित सुकना पानीघट्टा समष्टीको सभासद परेश तिर्की पनि उपस्थित रहेका थिए। दुवैले माध्यमिक परीक्षा दिने नानीहरूलाई जीटीए प्रमुख कार्यपाल अनित थापाको पक्षबाट शुभकामना पनि दिएका थिए। उनले परीक्षा केन्द्रको परीक्षा कोठाहरूमा हिटर जड़ानको निरीक्षण पनि गरेका थिए। उक्त निरीक्षण साथै नानीहरूलाई शुभकामना दिएपछि डेपुटी चेयरम्यान राजेस चौहानले पत्रकारहरुसित कुराकानी गर्दै आजदेखि शुरु भएको माध्यमिक परीक्षामा नानीहरूलाई जीटीए प्रमुख कार्यपालको पक्षबाट शुभकामना दिनलाई आएको र परीक्षा दिने नानीहरूलाई राम्रो परीक्षा लेख्ने शुभकामना दिन्दै नानीहरूको भविष्य राम्रो होस् भनी कामना पनि गरेका छन्। यस अवसरमा उनले यसपाली माध्यमिक परीक्षा केही छिट्टो भएकोले जाड़ोमा नानीहरूलाई केही सुविधा होस् भनेर जीटीए प्रमुखद्वाका सरकारलाई पत्रचार गरेपछि परीक्षा कोठामा सरकारबाट हिटर लगाइएको र त्यसलाई निरीक्षण गर्न पनि आएको बताएका छन्।










