देश छोडेर घानामा सरे माल्दिभ्सका पूर्व राष्ट्रपति

IMG-20240202-WA0205.jpg

माल्दिभ्समा राजनीतिक उथलपुथल चलिरहेको छ। यस्तै राजनीतिक उठुपुथुलबीच, पूर्व राष्ट्रपति नसिद देश छोडेर घानामा सरेको समाचार छ। हालैमा उनले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए। ५६ वर्षीय नसिदले सामाजिक सञ्जाल पोष्टमा क्लाइमेट भल्नेरेबल फोरमको महासचिवका रूपमा काम थाल्न घानाको राजधानी अक्रा पुगेको बताए। उनले सीभीएफको सचिवालय घानामा रहेको र आउँदो केही वर्षसम्म घाना आफ्नो घर हुने बताए। नसिद सन् २००८ देखि २०१२ सम्म माल्दिभ्सका राष्ट्रपति थिए। उनी सन् २०१९ देखि २०२३ सम्म माल्दिभ्सको संसदको सभामुख पनि थिए। नसिद घानामा सर्ने घटनाक्रमका बीच संसदले संसदलाई जानकारी नदिई अस्थायी रूपमा घानामा बसाईं सरेको बताएको छ। संसदका सञ्चार निर्देशक हसन जियाउलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ ‘नसिदले कस्तो जिम्मेवारी सम्हाल्ने योजना छ भनी हामीलाई अहिलेसम्म बताएका छैनन्l’ जियाउले भने ‘नसिदले संसदबाट बिदाको लागि आवेदन दिएका छैनन् र उनले आफ्नो कार्यकालको बाँकी तीन महिनाको तलब प्राप्त गरिरहनेछन्।’ गत महिना नसिदले सीभीएफ को महासचिवको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय राजनीतिबाट छोटो समयको लागि टाढा रहेको घोषणा गरेका थिए।

About Author

Advertisement