दार्जीलिङ: साइप्रसबाट ल्याइएको साइबेरियन टाइगरको एक जोडी अन्ततः दार्जिलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कमा आजदेखि सर्वसाधारणको अवलोकनका लागि उपलब्ध रहेको छ।
लारा र अकामास नामको यी दुई बाघलाई रेड पाण्डाको जोडीसँग साटासाटको ह्याबमा ल्याइएको थियो। दुवै बाघको स्वास्थ्य राम्रो रहेको चिडियाखानाका निर्देशक बसवराज होलेचीले बताएका छन्। दुवै बाघलाई गत वर्ष दिसम्बरमा साइप्रसको चिडियाखानाबाट दार्जीलिङ ल्याइएको थियो। उनीहरुलाई पोस्ट क्वारेन्टाइनमा राखिएको थियो र उनीहरुलाई आजदेखि सर्वसाधारणको लागि राखिएको छ। दार्जीलिङको चिड़ियाखानामा साइबेरियन बाघ देखेपछि पर्यटकहरूले रमाइलो गरिरहेका छन्।










