सिलगढी: आरजी कर अस्पतालमा महिला डाक्टरमाथि भएको घटनाको न्यायिक छानबिन र प्रिन्सिपलको राजीनामा माग गर्दै जुनियर डाक्टर र विद्यार्थीले उत्तर बंगाल मेडिकल कलेज एण्ड अस्पतालको इमर्जेन्सी गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। आन्दोलनकारीहरुले घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। कोलकाताको आरजी कार मेडिकल कलेजमा शुक्रबार एक महिला डाक्टरको शव भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ। शुक्रबार बिहान कलेजको सेमिनार हलमा पीजी दोस्रो वर्षमा अध्ययनरत छात्राको शव अर्धनग्न अवस्थामा फेला परेको थियो। विद्यार्थीको शरीरमा चोटका निशानहरू थिए। यसैबीच पोष्टमार्टम रिपोर्टमा यौन दुर्व्यवहारपछि हत्या भएको खुलेको छ। मुख्य अभियुक्त पक्राउ परेका छन्l










