गान्तोक: युवाहरूलाई नशालु पदार्थदेखि टाडा रहने सन्देश दिन अनि समाजमा प्रत्येक नानीहरू बाँच्न पाउनुपर्छ भन्ने सन्देश लिएर आज मनिकुमार छेत्री किंगस्टोनबाट 55 किलोमिटर दौड़ेर गन्तोक आइपुगे। उनलाई सम्मान गर्न आज किंगस्टोन सीसीआई, पाक्योङ जिल्लाको चाइल्ड प्रोटेक्सन युनिट अनि रिनाक जुनियर हाइ स्कूलले संयुक्त रुपमा एमजी मार्गमा एउटा कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोले मुख्य अतिथिको रुपमा उपस्थित थिए। उनको बाहुलीबाट मनिकुमार छेत्रीलाई सम्मान जनाइयो भने किंगस्टोन चाइल्ड केयर इन्स्टीच्युटका बाल बालिकाहरूले विभिन्न सन्देशमुलक नृत्यहरू पनि प्रस्तुत गरेका थिए। उक्त किशोरलाई अघि बढ़ाएर लैजान आगामी दिनमा आफ्नो पक्षबाट सक्दो सहयोग पुर्याउने प्रभाकर गोलेले वचन दिए।










