१५ अगस्तमा जलपाईगढीमा पौडी प्रतियोगिता

IMG-20240811-WA0231

जलपाईगढी (पश्चिम बंगाल): जलपाईगढीमा अन्तर क्लब पौडी च्याम्पियनसिप हुने भएको छ। प्रतियोगिता जलपाईगढी विवेकानन्द स्पोर्टिङ एण्ड कल्चरल क्लबले हरेक वर्ष आयोजना गर्दै आएको छ भने यस वर्ष ११ औं अन्तर क्लब पौडी च्याम्पियनसिप आयोजना गरिने भएको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि छनोट भएका पौडी खेलाडीले १५ अगस्तमा हुने ठूलो पौडी प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ। आज विभिन्न विधामा यो प्रतियोगिता आयोजना हुँदैछ। आजको स्विमिङ च्याम्पियनसिपमा यस प्रतियोगितामा धेरै विद्यार्थी सहभागी भएका छन्। यी मध्येका विजेताले फाइनल प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन्।

About Author

Advertisement