नयाँ दिल्ली: एशियाई खेलहरू २०२६ भारतीय हकीको निम्ति यादगार रह्यो। महिला टोलीपछि भारतीय पुरुष हकी टोलीले एशियाई खेलहरू २०२६-मा स्वर्ण पदक जित्यो। शनिवार खेलिएको फाइनलमा भारतले मलेशियालाई ५-१-ले पराजित गऱ्यो। यसको साथै भारतीय पुरुष हकी टोलीले २०२८ लस एञ्जिलिस ओलम्पिकको कोटा हासिल गऱ्यो। यसअघि भारतीय महिला हकी टोलीले पनि स्वर्ण पदक जितेर ओलम्पिक कोटा हासिल गरेको थियो। एशियाई खेलहरूका इतिहासमा भारतीय महिला र पुरुष हकी टोलीले एकैसाथ स्वर्ण पदक जितेको यो पहिलोपल्ट हो। यसरी भारतीय पुरुष हकी टोलीले एशियाडमा पहिलोपल्ट आफ्नो स्वर्ण पदक सफलतापूर्वक रक्षा गऱ्यो। भारतले यसअघि २०२३ ग्वांगझोउ एशियाई खेलहरूमा पनि स्वर्ण पदक जितेको थियो। भारतले रक्षात्मक रणनीतिको साथ फाइनलमा खेलको शुरुवात गरे पनि समयको साथ आक्रमणमा तेजी ल्यायो। फलस्वरूप भारतले ११औं मिनटमा म्याचको पहिलो गोल हासिल गऱ्यो। कप्तान हरमनप्रीत सिंहले पेनल्टी कर्नरबाट गोल गरे। त्यसको लगत्तै ३ मिनटपछि मलेशियाले पनि बराबरी हासिल गऱ्यो। शेलो सिलवेरियसले मैदानी गोलको साथ स्कोर १-१-को बराबरीमा पुऱ्याए। दोस्रो क्वार्टरमा जुगराज सिंहले पेनल्टी कर्नरबाट गोल गरी भारतलाई फेरि बढ़त दिलाए। दोस्रो क्वार्टरमा मलेशियालाई आक्रामक मिजासमा देखियो तर जुगराजले २३औं मिनटमा पेनल्टी कर्नरबाट गोल गर्नमा कुनै गल्ती गरेनन्। यसरी हाफ टाइमसम्म भारत २-१-ले अघि रहेको थियो। तेस्रो क्वार्टरको खेलमा भारतले गोल गर्ने धेरै मौकाहरू गुमायो। जुगराज, नीलकान्त र हरमनप्रीतले एकाधिक मौका गुमाए। अन्तमा भारतलाई पेनल्टी स्ट्रोक हासिल भयो। हार्दिक सिंहले त्यही मौकालाई ४२औं मिनटमा गोलमा परिणत गरी स्कोर ३-१ पुऱ्याए। चौथो तथा अन्तिम क्वार्टरमा भारतले बढ़तलाई मजबूत बनाउने लक्ष्य लिएर लगातार आक्रमण गऱ्यो। यस अवधि मलेशियाई टोलीबाट केही चूक भयो, जसले भारतले भरपूर फाइदा उठायो। मलेशियाई डिफेन्सले असाधारण प्रदर्शन गरे पनि ५४औं मिनटमा शिलानन्द लाकड़ाले भारतको निम्ति चौथो गोल गर्नमा कुनै गल्ती गरेनन्। त्यसको ३ मिनटपछि हरमनप्रीतले अझ एक गोलको साथ भारतको जीत सुनिश्चित गरे।





