खरसाङ: प्रत्येक वर्ष झैँ यस वर्ष पनि तीनधारेको गैरी गाउँस्थित गोदावरी संघको तत्वधानमा ग्राम सफाई कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमलाई सफल बनाउनको निम्ति सङ्घको सभापति स्वयं उपस्थित हुनुहुन्थ्यो। गोदावरी सङ्घका समस्त कार्यकारिणी सदस्यहरू साथै ग्रामवासीको पनि उपस्थिति थियो। यस कार्यक्रम राष्ट्रिय राजमार्ग ११० देखि कैलाश ब्राह्मणको घरसम्म सफाई गर्ने उद्देश्यले सबै सदस्यहरूले हातेमालो गरेर यस कार्यलाई सफल बनाइदिनु भएकोमा सङ्घका प्रमुख सल्लाहकारले समस्त गोदावरी संघलाई धेरै धेरै धन्यवाद ज्ञापन गरेका छन्। यस सफाई कार्यक्रममा सहभागी सबैलाई गोदावरी संघका सचिव नारायण शर्माले धन्यवाद ज्ञापन गरेका छन्।





