मनप्रीत सिंहले ४१२ वटा अन्तर्राष्ट्रिय म्याच खेलेर हासिल गरे ठूलो उपलब्धि

IMG-20260615-WA0117

नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमका अनुभवी मीडफिल्डर मनप्रीत सिंहले भारतीय हकीको इतिहासमा अझ एउटा महत्त्वपूर्ण उपलब्धि आफ्नो नाम गरेका छन्। ३३ वर्षीय मनप्रीत शनिवार रोटरड्याममा नीदरल्याण्ड्सविरुद्ध म्याच खेल्न मैदानमा ओर्लिनको साथै भारतका पूर्व कप्तान तथा हकी इण्डियाका अध्यक्ष दिलीप तिर्कीको ४१२ वटा अन्तर्राष्ट्रिय म्याच खेल्ने राष्ट्रिय रेकर्डको बराबरी गरे। मनप्रीत ४०० भन्दा अधिक सीनियर अन्तर्राष्ट्रिय म्याच खेल्ने खेलाड़ीहरूका विशेष क्लबमा अगावै सामेल भइसकेका छन् अनि यसपाली उनी ४१२ वटा म्याच खेल्ने भारतका एकमात्र सक्रिय खेलाड़ी बनेका छन्। यस ऐतिहासिक उपलब्धिमाथि हकी इण्डियाका अध्यक्ष दिलीप तिर्कीले मनप्रीतलाई शुभकामना दिँदै यो उपलब्धि उनको सालौंको समर्पण, प्रतिबद्धता र निरन्तर प्रदर्शनको प्रमाण हो भनी बताए। यसरी हकी इण्डियाका महासचिव भोला नाथ सिंहले मनप्रीतको योगदानको सराहना गर्दै भनेका छन्, ४१२ वटा अन्तर्राष्ट्रिय म्याच खेल्नु कुनै पनि खेलाड़ीको निम्ति ठूलो उपलब्धि हो। मनप्रीतले सालौंसम्म देशको निम्ति सर्वोच्च स्तरमा प्रतिनिधित्व गर्दै निरन्तर उत्कृष्ट प्रदर्शन गरेको यस आँकड़ाले दर्शाउँछ।

About Author

Advertisement