मणिपुर: बम विस्फोट र अवैध भर्तीमा संलग्न ‘प्री-पाक (प्रो)’ का ७ कार्यकर्ता पक्राउ

6ac30ef453ab8-manipur-054403626-16x9

​इम्फाल: मणिपुरमा प्रतिबन्धित उग्रवादी सङ्गठन प्री-पाक प्रो-मा नयाँ युवाहरूलाई भर्ती गरेको तथा बम विस्फोटका घटनाहरूमा संलिप्त रहेको आरोपमा सुरक्षा बलले सात जना कार्यकर्तालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेहरूमा एकजना नाबालक (कानुनसँग सङ्घर्षरत बालक) समेत रहेका छन्।
​मणिपुर पुलिस मुख्यालयद्वारा सोमबार जारी आधिकारिक विज्ञप्ति अनुसार विशेष सूचनाका आधारमा ‘इम्फाल वेस्ट’ को सिडीओ टोलीले आइतबार विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूमाथि सङ्गठनमा नयाँ सदस्य भर्ती गर्ने र गत अगस्ट २०२६ मा ‘कोन्थोजम’ विधानसभा निर्वाचन क्षेत्रका विधायकको निवासमा भएको बम विस्फोटमा प्रत्यक्ष संलग्न रहेको गम्भीर आरोप छ।
​पुलिसका अनुसार पक्राउ पर्नेहरूमा १९ वर्षीय उशम राकेश सिंह (‘जेनरेश’/’थोउबा’), १९ वर्षीया युमनाम अथोइबी चानू, १९ वर्षीया आरके दयापति देवी (‘पिङ्की’/’किचेनबी’), २३ वर्षीय अहोङ्शाङ्गबम जेट मैतेई (‘ज्याक’), १९ वर्षीय नाओरेम लान्थोइबा सिंह (‘साना’/’थोइचानबा’) र १९ वर्षीय आयेकपम स्टीफन मैतेई (‘एलेक्स’/’चेकचेपता’) रहेका छन्।
​अधिकारीहरूका अनुसार युमनाम अथोइबी चानू र आरके दयापति देवी गत २८ अगस्ट २०२६ मा विधायकको निवासमा गराइएको बम विस्फोटमा संलग्न थिए। कारबाहीका क्रममा पुलिसले घटनामा प्रयोग भएको ‘एमएन-०१एजे-४९५७’ नम्बरको ‘होन्डा एक्टिभा’ स्कुटर जफत गर्नुका साथै एक नाबालकलाई प्रतिबन्धित सङ्गठनमा भर्ती हुनबाट रोकेको छ। पक्राउ परेका सबै अभियुक्त र जफत गरिएका सामग्रीलाई थप कानुनी कारबाहीका लागि लेम्फेल पुलिस स्टेसनमा बुझाइएको छ।

About Author

Advertisement