अरुणाचल: सियाङ्ग जलविद्युत् आयोजनाको विरोधमा झडप

156255678

सीआरपीएफका कमाण्डेन्टसहित धेरै घाइते

ईटानगर: अरुणाचल प्रदेशस्थित सियाङ्ग क्षेत्रमा प्रस्तावित ‘सियाङ्ग अप्पर मल्टीपर्पोज प्रोजेक्ट’ (एसयुएमपी) को विरोधमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भीषण झडप भएको छ। आयोजनाको ‘प्री-फिजिबिलिटी रिपोर्ट’ (पिएफआर) सँग सम्बन्धित गतिविधिहरूको विरोध भइरहेका बेला रिगा र उगेङ्ग क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाबलबीच झडप भएको हो।
​झडपका क्रममा सीआरपीएफका एक जना सहायक कमाण्डेन्ट, जवानहरू तथा केही प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूको आधिकारिक र यकिन सङ्ख्या भने अझै सार्वजनिक भइसकेको छैन।
​प्रस्तावित बहुउद्देशीय जलविद्युत् आयोजनाले स्थानीयको जमिन, जीविकोपार्जन, जैविक विविधता र पैतृक थलोमा गम्भीर असर पार्ने भन्दै स्थानीय समुदाय लामो समयदेखि आन्दोलित बन्दै आएका छन्।
​यता अरुणाचल प्रदेश सरकारले भने पिएफआर प्रारम्भिक प्राविधिक मूल्याङ्कन मात्रै भएको र आयोजना निर्माणको अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेको छ। सरकारले आन्दोलनरत स्थानीय समुदायलाई वार्ता र संवादमा आउन समेत अपील गरेको छ।

About Author

Advertisement