मङ्गन: सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्ती समारोह २०२६ मा लाचेन मङ्गन निर्वाचन क्षेत्र तथा सम्पूर्ण मङ्गन जिल्लाको प्रतिनिधित्व गर्दै रामायण पाठ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल १० जना विद्यार्थीहरूलाई उनीहरूको कडा परिश्रम र समर्पणको कदर गर्दै १६ जुलाई, २०२६ मा जिल्ला मुख्यालयमा नगद पुरस्कार हस्तान्तरण गरिएको छ।
सिक्किमका माननीय मुख्यमन्त्रीबाट प्राप्त भएको रु. १ लाखको नगद पुरस्कार मङ्गनका जिल्ला कलेक्टरको कार्यालयमा विद्यार्थीहरूका आमाबुबा र अभिभावकहरूको उपस्थितिमा ती १० जना विद्यार्थीहरूलाई (प्रति विद्यार्थी रु. १०,०००/- का दरले) समान रूपमा वितरण गरिएको थियो।
विद्यार्थीहरूलाई उक्त नगद पुरस्कार मङ्गनका जिल्ला कलेक्टर श्री अनन्त जैनले अतिरिक्त जिल्ला मजिस्ट्रेट श्री पेमा वाङचेन नामकार्पा, बीडीओ मङ्गन श्री कैलाश थापा, शिक्षा विभाग मङ्गनकी संयोजक श्रीमती प्रमिला देवकोटा र सहयोगी शिक्षकहरूको उपस्थितिमा हस्तान्तरण गर्नुभएको थियो।











