क्यापकी महिला काउन्सिल उपाध्यक्ष भागीमाया लिम्बूद्वारा राजीनामा

FB_IMG_1784383874185

गान्तोक: सिक्किमको क्षेत्रीय राजनीतिक दल सिटिजन एक्शन पार्टी – सिक्किम (क्याप) की केन्द्रीय कार्यसमिति अन्तर्गत महिला काउन्सिल उपाध्यक्ष भागीमाया लिम्बूले आफ्नो पद र पार्टीको साधारण सदस्यताबाट राजीनामा दिएकी छन्।
​शनिबार पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाउँदै श्रीमती लिम्बूले तत्काल लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। उनले व्यक्तिगत कारणले गर्दा आफूले यो निर्णय लिनुपरेको राजीनामा पत्रमा उल्लेख गरेकी छन्।
​पार्टीमा रहँदाको अनुभव निकै अर्थपूर्ण र फलदायी रहेको स्मरण गर्दै उनले आफ्नो कार्यकालमा सहयोग र मार्गदर्शन गर्ने पार्टी नेतृत्व तथा सम्पूर्ण सहकर्मी सदस्यहरू प्रति आभार समेत प्रकट गरेकी छन्।

About Author

Advertisement