न्यूयोर्क: फिफा वर्ल्ड कप २०२६-को फाइनलमा अर्जेण्टिनाविरुद्ध भिड़न तयार स्पेनको निम्ति टीमका दुईजना प्रमुख खेलाड़ी लामिन यमाल र पेड्रो पोरोको फिटनेस चिन्ताको विषय बनेको छ। न्यू जर्सीमा भएको पहिलो अभ्यास सत्रमा युवा फरवर्ड यमाल र डिफेण्डर पोरोले रहल खेलाड़ीहरूसँग अभ्यास गरेनन्। यी दुईजना खेलाड़ीले मैदानको किनारमा हल्का कसरत र स्ट्रेचिंग गरे। यमालको देब्रे फिलामा पट्टी बाँधिएको थियो। टुर्नामेण्ट शुरु हुन अघि उनलाई ह्याम्स्ट्रिंगको चोटले सताएको थियो। उनको चोट कतिको गम्भीर छ भन्ने चाहिँ जानकारी प्राप्त भएको छैन। फाइनल अघि फिटनेसमा असर नपरोस भनेर यमाललाई मुख्य ग्रुपदेखि अलग राखिएको छ। यमाल जारी वर्ल्ड कपमा अहिलेसम्म ४९६ मिनट मैदानमा सक्रिय रहे। केप भर्डेविरुद्ध म्याचलाई छोड़ेर उनी रहल सबै म्याचमा शुरुवाती एकादशको हिस्सा रहे। चोटमुक्त भएर टीममा फर्किएपछि यमाललाई उनको सर्वश्रेष्ठ फर्ममा चाहिँ देखिएको छैन। फ्रान्सविरुद्ध सेमिफाइनल म्याचमा चाहिँ उनले असल प्रदर्शन गरेका थिए। उनको तेज गति र असाधारण मूभमेण्टले गर्दा नै स्पेनले पेनल्टी हासिल गरेको थियो। त्यही पेनल्टीबाट स्पेनले म्याचको पहिलो गोल गरेको थियो। यसरी पेड्रो पोरो स्पेनको ७-मा ५ वटा म्याचमा शुरुवाती एकादशको हिस्सा रहे अनि मैदानमा ४४४ मिनट बिताए। उनले अष्ट्रियाविरुद्ध राउण्ड अफ ३२ र फ्रान्सविरुद्ध सेमिफाइनलमा गोल पनि गरे। सेमिफाइनलपछि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले पोरोको मांसपेशीमा हल्का चोट रहेको अनि फाइनल अघि उनको फिटनेस जाँच गरिने बताएका थिए। प्रशिक्षकले यमालको स्थितिमाथि भरोसा व्यक्त गरेका छन्। उनले भने, मेडिकल टीमबाट प्राप्त जानकारी अनुसार यमाललाई कुनै गम्भीर समस्या छैन अनि उनको स्थिति ठीक छ। उल्लेखनीय छ, आइतवार अबेर राति खेलिने फाइनल म्याच स्पेनको निम्ति खास हुनेछ। साल २०१०-मा पहिलोपल्ट ट्रफी जितेपछि स्पेनको निम्ति यो पहिलो फाइनल हुनेछ। यसरी अर्जेण्टिना लगातार दोस्रोपल्ट अनि समग्रमा चौथोपल्ट खिताब जित्न मैदानमा ओर्लिनेछ। अर्जेण्टिनाले यसअघि १९७८, १९८६ र २०२२-मा खिताब जितेको थियो।











