भीषण पैह्रोको कारणले बराक-गुवाहाटी लिङ्क रोडमा यातायात अवरूद्ध

Screenshot_20240203_180617_Chrome.jpg

शिलङ्ग: मेघालयको सोनापुर सुरूङ्ग नजिक भीषण पैह्रो गएको कारणले वाहनहरूको आवागमन पूर्णरूपले बन्द भएको छ। बितेको रातीदेखि लगातार परिरहेको पानीले गर्दा आज बिहानदेखिकै पहाड़बाट व्यापक मात्रामा पैह्लो जान शुरू भएको छ। पैह्रोको कारणले बराक-गुवाहाटी लिङ्क रोडमा यातायात बाधित भएको छ। सोनापुर सुरूङ्गका दुवैतिर अचानक गएको पैह्रोले गर्दा सड़कमा वाहनहरू फसेका छन्। सड़कलाई सफा गर्ने काम भइरहेको छ।

ज्ञात रहोस्, असमको बराक उपत्याका सहित मिजोरम, मणिपुरलाई गुवाहाटीसित जोड़्नको लागि सोनापुरमा राष्ट्रिय राजमार्गमा बनिएको सुरूङ्ग महत्वपूर्ण भाग हो। यसैले मेघालयमा भारी वर्षा हुनसाथ सोनापुरमा बनिएको सुरूङ्गको दुवैतिर पैह्रो जान थाल्छ।

About Author

Advertisement