जलपाइगढी। जलपाइगढी बजारमा आज ठूलो आकारको माछा देख्दा यसलाई हेर्न मानिसको भीड लागेको थियो। जलपाइगढी बजारमा यति ठूलो माछा पुगेको यो पहिलो पटक हो यही कारण माछा हेर्न जलपाइगढी बजारमा मानिसहरुको भीड लागेको थियो। बजारमा माछा किन्न आउने मानिसहरुका लागि यो कुनै अचम्म भन्दा कम थिएन्। शनिबार बिहान बिहारबाट ठूलो टाइगर माछा जलपाइगढी बजारमा ल्याइएपछि बिक्रेताहरू पनि खुसी देखिन्थे। यसको आकार ठूलो थियो भने यसको वजन लगभग ७० किलो थियो। माछा व्यवसायी अशोक शव दासको माछा पसलमा ल्याएर हेर्नको लागि भीड लागेको थियो । माछा को वजन लगभग ७० किलो छ। यति ठुलो माछा देखेपछि यसको स्वाद कस्तो हुन्छ भन्ने थाहा पाउन ग्राहकले प्रतिकिलो ५ सयको दरमा माछा किन्न उत्सुक देखिएको थियो। जलपाइगढी बजारमा यति ठूलो टाइगर माछा पहिलो पटक आएको बिक्रेता अशोक शाले बताएका छन्। उनको भनाइमा यो गंगा नदीको माछा हो। यो माछा बिहारबाट ल्याइएको हो। यस राज्यबाहेक असममा पनि यो माछाको माग उच्च रहेको बताइएको छ।










