भारत र श्रीलंकाबीच सिधै तेल पाइपलाइन बिछ्याइने, त्रिंकोमालीमा विशाल ‘तेल हब’ बन्ने​

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

नयाँ दिल्ली: भारत र श्रीलंकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँदै दुई देशबीच सिधै इन्धन पाइपलाइन बिछ्याउने र रणनीतिक महत्त्वको त्रिंकोमाली बन्दरगाहमा तेल भण्डारण केन्द्र निर्माण गर्ने प्रक्रिया अघि बढेको छ। भारतीय उपराष्ट्रपति सी.पी. राधाकृष्णनको ऐतिहासिक श्रीलंका भ्रमणका क्रममा ऊर्जा सुरक्षा र कनेक्टिभिटीका क्षेत्रमा यस्तो महत्वपूर्ण सहमति जुटेको हो। कुनै पनि भारतीय उपराष्ट्रपतिको यो पहिलो द्विपक्षीय श्रीलंका भ्रमणलाई दक्षिण एसियाली राजनीतिमा विशेष महत्वका साथ हेरिएको छ।​भ्रमणको पहिलो दिन कोलम्बोमा श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके र भारतीय उपराष्ट्रपति राधाकृष्णनबीच भएको उच्चस्तरीय वार्तामा ऊर्जा संकट समाधानका उपायहरूमा केन्द्रित रहेर छलफल भएको थियो। विशेषगरी उत्तर–पूर्वी बन्दरगाह त्रिंकोमालीमा रहेको दोस्रो विश्वयुद्धकालीन तेल भण्डारण केन्द्रलाई आधुनिकीकरण गर्दै त्यसलाई रिफाइनरी र वितरण केन्द्रका रूपमा विकास गर्ने योजनालाई प्राथमिकता दिइएको छ। यस परियोजनामा भारत र श्रीलंकासँगै संयुक्त अरब इमिरेट्स (यूएई) पनि साझेदारका रूपमा जोडिएको छ।​भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध पुगिरहेको र इन्धनको मूल्य वृद्धि भइरहेको सन्दर्भमा यो पाइपलाइन परियोजना श्रीलंकाका लागि निकै फलदायी हुनेछ। पूर्ण रूपमा आयातित तेल र कोइलामा निर्भर श्रीलंकाले यस परियोजनामार्फत आफ्नो ऊर्जा लागत घटाउने र आपूर्तिलाई सहज बनाउने लक्ष्य राखेको छ। वार्ताका क्रममा दुई मुलुकबीच विद्युत आदानप्रदानका लागि अन्तरदेशीय पावर लाइन निर्माण गर्ने र डिजिटल कनेक्टिभिटीमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रपति दिसानायकेले श्रीलंकाको आर्थिक विकासका लागि भारतको सूचना प्रविधि र प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउनु भयो।

About Author

Advertisement