खरसाङमा भागोप्रमोद्वारा टर्च लाइट रैली

IMG-20260420-WA0105

पहाडलाई शान्तिको दिशामा लिएर जाने अनित थापा हुन्: सुवास प्रधान

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सोमवार साँझ खरसाङ बजारमा टर्च लाइट रैलीको आयोजना गरेको छ। उक्त टर्च लाइट रैली खरसाङको टुरिस्ट लजदेखि शुरु भएर खरसाङ बजार हुँदै वर्ध्दमान रोड भएर मोटर स्ट्याण्डसम्म सम्पन्न गरिएको छ‌। उक्त टर्च लाइट रैलीको समयमा खरसाङ बजार केही अध्याँरो पारिएको थियो। उक्त रैलीमा खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामा, जीटीएका भाइस चेयरम्यान राजेस चौहान, सभासद श्याम शेर्पा, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष सुवास प्रधान लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त रैलीमा मानिसहरुले टर्च लाइट बालेर अमर लामालाई जिताउन आह्वान् गरेका थिए। यसपालीको भोट टर्च लाइटमा हालेर जिताउने आह्वान् गरेका छन्। उक्त टर्च लाइट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष एवं खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यो ऱ्याली अँध्यारोमा उज्यालोको सन्देश हो भन्दै पहाडलाई शान्तिको दिशामा लिएर जाने अनित थापा हुन् औ यही शान्तिको कारण आज पहाडवासीले यसरी नाच्दै, गाउँदै चुनाउको प्रचार गर्न पाइरहेको जनाए। सुवास प्रधानले यसपल्ट खरसाङमा अमर लामाले एक सय एक प्रतिशत जित्नेछन् भन्ने दावी गर्दै यसको प्रत्यक्ष प्रमाण उनी आफ्नो नामाङ्कन भर्न जाँदा समर्थकहरूको जुन उपस्थिति थियो औ आजसम्म मानिसहरूमा जुन उत्साह छ त्यसैले दिन्छ भनी बताए।

तिनले मङ्गलबार खरसाङमा भागोप्रमोको बिहान ९ बजीदेखि एउटा विराट ऱ्याली हुने अनि त्यसपछि यहाँको मोटर स्ट्याण्डमा चुनावी जनसभा हुने जनाउँदै उक्त जनसभालाई पार्टी अध्यक्ष अनित थापा अनि प्रार्थी अमर लामाले सम्बोधन गर्ने बताएका छन्। यस ऱ्याली अनि सभामा पार्टीका सबै समर्थकहरूलाई उपस्थित भइदिने आग्रह पनि गरेका छन्।

About Author

Advertisement