परिवर्तन अनित थापाले ल्याई सकेको छ: अमर लामा
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा २८ नम्बर चिम्नी देउराली समष्टिको तीन माइलस्थित सार्वजनिक भवनमा चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभाको अध्यक्षता पूर्व डीएफओ जेबी छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामा उपस्थित रहेका थिए। यस चुनावी सभालाई अम्बिका छेत्रीले सञ्चालन गरेका थिए। सभालाई किरण लेप्चा, बलराम छेत्री, विधान गुरुङ, विद्यार्थी महासंघबाट दिपराज छेत्री, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, क्षेत्रीय सभासद श्याम शेर्पा, उम्मेद्वार अमर लामा र सभाध्यक्ष जेबी छेत्रीले सम्बोधन गरेका थिए। यस चुनावी सभामा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टि नारी शक्तिकी सभापति सुष्मा मुखिया, जैतुन निशा खातुन लगायत अन्यहरु उपस्थित रहेका थिए। सम्बोधनको क्रममा खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाले महिला आरक्षण बील र सीमांकन बील भाजपा सरकारले हार बेहोर्नु परेको बताउँदै महिला आरक्षणको लागि मोदीभन्दा ममता राम्रो रहेको बताएका छन्। उनले यसपाली भाजपा सरकारले एसआईआर गरेर मतदाता सूचीबाट महिलाहरुको नाम बेसी काटिएको किनभने महिलाहरुले ममता ब्यानर्जीलाई धेरै माया गर्छन् भनी बताएका छन्। उनले भने, ‘भाजपाले लेप्चाहरुको नाम पनि मतदाता सूचीबाट नाम डिलिट गरेका छन्। लेप्चाहरु सबैभन्दा पुरानो जाति हो।उनले भने, हामीलाई भाजपाले प्राथमिकता दिँदैन। दिने भने केही होइन तर केवल आश्वासन मात्र दिन्छ। भाजपालौ केवल ढाट्ने काम गरेको छ। हामी भोटको लागि मात्रै जनता समक्ष जाँदैनौ तर सदैव हामी जनताको समस्या समाधान गर्नलाई ग्राउण्ड जिरोमा पुगेका छौँ।’
लामाले अघि भने, परिवर्तन र अनिता थापाले ल्याई सकेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहाडको पुरानो गरिमा फर्काएर ल्याउने वाचा गरेको छ।’
उनले घोषणा पत्र विषयमा बोल्दै हामी पुरानो गरिमा फर्काएर ल्याउने वाचा गरेको बताए।










