गान्तोक: सिक्किम डब्ल्यू फ्याक्टरको सहयोगमा भारतीय महिला वाणिज्य एवं उद्योग चेम्बर इण्डिया एसिएन अनि जी-१०० व्यापार परिषद्को सिक्किम स्टेट च्याप्टरको आधिकारिक शुभारम्भ साथै सिक्किम राज्यका महिला उद्यमीहरूको भेट एवं अभिवादन कार्यक्रम यहाँको मनन केन्द्रमा सम्पन्न भयो। डब्ल्यू फ्याक्टरद्वारा प्रस्तुत गरिएको कार्यक्रम सिक्किम फिल्म प्रोमोशनल बोर्डका अध्यक्ष श्रीमती पूजा शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। भेट अनि अभिवादन सत्रमा इण्डिया एसिएन व्यापार परिषद्का अध्यक्ष एवं जी-१००-को निम्ति देशका अध्यक्ष डा. अलाकानन्द दास, परिषद्का सदस्य सागोरिका शर्मा, जी-१००-को निम्ति देशका सल्लाहकार किरण बोरो, सिड सेल महिला प्रकोष्ठका अध्यक्ष उषा थिङ, सिक्किम हाउस गुवाहटीकी सह-आवासीय आयुक्त जशोधा छेत्री अनि परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो। ५० भन्दा अधिक उद्यमीहरू अनि विभिन्न स्वयं सहायता समूह अनि हस्तशिल्प एवं हतकर्धा निदेशालय, सिक्किम खादी बोर्डका अधिकारीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम फिल्म प्रोमोशनल बोर्डका अध्यक्ष पूजा शर्माले व्यापारको विश्व फाँटमा महिलाहरूलाई सशक्त बनाउन डब्ल्यूआईसीसीआईको सहयोगमा सिक्किम डब्ल्यू फ्याक्टरले उल्लेख्य कार्य गरेको बताइन्। उनी उनको शक्ति सशक्तिकरणको निम्ति भन्ने कुरामै यो भेट अनि अभिवादन कार्यक्रम गरिएको उनले विचार पोखिन्। एकार्कामा भेटसँगै विचार आदान-प्रदान गर्नु सकिने जसले गर्दा अर्थपूर्ण सम्बन्ध कायम रहने उनले बताइन्। महिलाहरूले सामूहिक रूपमा आफ्नो शक्ति सिर्जना गर्नुसक्ने विचार पोख्दै भविष्यमा लैङ्गिक समानता सोंच मात्र नभएर यथार्थ रहेको मन्तव्य पोखिन्। कार्यक्रममा महिला उद्यमीहरू सम्बन्धी विविध विषयमा छलफल गरियो भने भविष्यको मार्ग कोर्ने पहल गरियो।










