भारतीय जनता पार्टीद्वारा खरसाङको वार्ड नम्बर १८ मा स्वच्छता अभियान कार्यक्रम सम्पन्न

65c57ba8-2e5a-4cd4-a48c-84172345f2fc

खरसाङ: भारतीय जनता पार्टीको आयोजमामा आईतवार खरसाङको वार्ड नम्बर १८ क्षेत्रमा सर सफाई कार्य सम्पन्न गरिएको छ‌।
उक्त सफाई कार्यमा खरसाङ गिध्द पहाड मण्डलकी सभापति दिक्षा तामाङ, मण्डल १२ एंव वार्ड नम्बर १८ बुथ सभापति सत्यवतसिंह राजपुत, नारी अध्यक्षा दिपिका प्रधान प्रसाद लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। यस क्रममा वार्ड नम्बर १८ को विभिन्न स्थानहरुमा सत सफाई गरिनुको साथै नालीहरु सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै नाली र सडकतिर रहेको प्लास्टिकहरु साथै मैला कुँचेलाहरु टिपेर सफा पारिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानलाई जोड दिन्दै वार्ड नम्बर १८ मा मात्र होइन तर हरेक घर र खरसाङ नगरपालिका क्षेत्रमा नै सफाई अभियानको कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ। यसको साथै यस सफाई अभियानमार्फत् वार्ड मात्र होइन घर घर पनि आफैले सफा गर्नु पर्ने भन्ने विषयमा मानिसहरुलाई सचेतना गराइएको छ। यस सफाई अभियान विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ गिध्द पहाड मण्डल सभापति दिक्षा तामाङ र वार्ड नम्बर १८ को बुथ सभापति एवं मण्डल १२ को सभापति सत्यवतसिंह राजपुतले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement