नयाँ दिल्ली: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ालाई पेरिस ओलम्पिकमा रजत पदक जितेपछि आफ्नो देशमा अन्य प्रमुख अन्तर्राष्ट्रिय खेलाड़ीहरूसँग प्रतिस्पर्धा गर्न पाउने आशा रहेको छ। नीरजले पेरिसमा ८९.४५ मीटरको थ्रो गरी रजत पदक जितेका थिए। यसरी पाकिस्तानका अरशद नदीमले ओलम्पिक रेकर्डको साथ ९२.९७ मीटरको थ्रो गरी स्वर्ण र ग्रेनाडाका एण्डरसन पीटर्सले ८८.५४ मीटरको थ्रो गरी काँस्य पदक जितेका थिए। टोक्योमा स्वर्णपछि पेरिसमा रजतको साथ लगातार दोस्रो ओलम्पिक पदक जितेपछि नीरज आफ्नो खेलको केही क्षेत्रहरूमा काम गर्न चाहन्छन्। नीरजले भने, भारतमा अन्य अन्तर्राष्ट्रिय स्टारहरूसँग प्रतिस्पर्धा गर्ने मेरो सपना रहेको छ। भारतमा चाँड़ै एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने अनि म त्यसमा हिस्सा लिन सक्ने आशा छ। म अब एउटा नयाँ सीजनमा प्रवेश गरिरहेको छु । यसैकारण मसँग अभ्यासको तरिका या तक्निकलाई बद्लिन अधिक समय छैन तर पनि मलाई केही क्षेत्रहरूमा सुधारको आशा छ। विशेषगरी भाला फ्याँक्ने लाइनमा काम गर्नु छ। यसरी भाला फ्याँक्ने सही कोण पनि खोज्नु पर्नेछ, जसले मलाई अधिक शक्ति प्राप्त हुनेछ। नीरजले बताएअनुसार, पेरिस खेलहरूमा शारीरिक रूपले सर्वश्रेष्ठ स्थितिमा नरहे पनि उनी फाइनलमा आफ्नो सर्वश्रेष्ठ दिन चाहन्थे। उनले भने, मेरो शरीर असल स्थितिमा थिएन तर अरशदले रेकर्ड थ्रो (९२.९७ मीटर) गरेपछि मैले आफ्नो सीजनको सर्वश्रेष्ठ प्रदर्शन गर्न सके। त्यस समय मसँग आफ्नो सर्वश्रेष्ठ थ्रो गर्नु बाहेक अन्य कुनै उपाय थिएन। उल्लेखनीय छ, नीरजले गत केही सालदेखि चोट-आघातको समस्यासँग जुझ्नु परिरहेको छ।










