भारतका लोकपाल सदस्य तथा पूर्व मुख्य निर्वाचन आयुक्त सुशील चन्द्र सिक्किममा, रम्फूमा गरियो भव्य स्वागत

FB_IMG_1781369586044

पाकिम: भारतका लोकपाल सदस्य अनि पूर्व मुख्य निर्वाचन आयुक्त सुशील चन्द्र आज राज्यको आधिकारिक भ्रमणको सिलसिलामा हाम्रो पहाडी राज्य सिक्किम आइपुगेका छन्। लोकपाल सदस्य चन्द्र आज १३ जूनदेखि आगामी २० जून, २०२६ सम्म पूरै एक हप्ताको निम्ति सिक्किम भ्रमणमा रहने कार्यक्रम तय भएको छ।
​आज उनको सवारी रम्फू पर्यटक सुविधा केन्द्रमा आइपुग्दा त्यहाँको माहोल निकै गुञ्जायमान बनेको थियो। राज्यका विशिष्ट पाहुनालाई स्वागत गर्न पर्यटन विभागका अधिकारीहरू र प्रमुख सम्पर्क अधिकारी (Liaison Officer) हरू पहिल्यैदेखि कम्मर कसेर पर्खिरहेका थिए। उनीहरूले लोकपाल सदस्य चन्द्रलाई सिक्किमेली परम्परा अनुसार खादा पहिराएर हार्दिकताका साथ स्वागत-सत्कार गरे।
​आफ्नो हप्तादिन लामो बसाइका क्रममा उनले राज्यका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने र विविध कार्यक्रमहरूमा हिस्सा लिने बुझिएको छ।

About Author

Advertisement