खरसाङ: पहाडको विकासको लागि सबैजना मिलेर काम गर्नुपर्छ। सरकार साथमा छ। विभिन्न विकासको लागि सरकारलाई सबैलौ मिलेर सल्लाह सुझाव दिनु हवस र सरकार सहयोग गर्न तयार छ। किनभने सरकार गठन भएको भर्खर एक महिना हुँदैछ। सरकारलाई यहाँको विभिन्न समस्याहरु समाधानको लागि सल्लाह सुझाव दिन सक्नेछन् र सरकार पनि सहयोग गर्न तयार छ। उक्त कुरा खरसाङमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा भईरहेको समर फेस्टिभल अन्तर्गत ध्रुमा फिल्म फेस्टिभलको दोस्रो दिन प्रमुख अतिथिको रुपमा उपस्थित पश्चिम बंगालका पञ्चायत अनि ग्रामीण विकास मन्त्री दिलिप घोषले बताएका छन्। खरसाङको रेलवे स्टेशनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै दिलिप घोषले भने, हामीले लोकल कुराहरुलाई प्रमोट गर्न आवश्यक छ। किनभने प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘भोकल फर् लोकल’ भन्नु हुन्छ। यहाँको ट्रोय ट्रेन लोकल जोय राइड हो र यसलाई विश्व सामु पुऱ्याउनु आवश्यक छ।’
उनले अघि भने, धेरै वर्षदेखि सुनेको दार्जिलिङ पहाड र उत्तर बंगाल धेरै कुरादेखि वञ्चित भएका छन्। खरसाङमा पार्किङको समस्या ठूलो छ। यसको सामाधानको लागि सरकारसित मिलेर काम गर्न आवश्यक छ। यसको लागि सबैको साथ, सहयोग र सल्लाह सुझाव चाहिन्छ। सरकार काम गर्न तयार छ तर सबैले मिलेर रोड म्याप तयार पार्न आवश्यक छ।’

मन्त्री दिलिप घोषले अझ भने, ‘खरसाङ दार्जिलिङ क्षेत्रको प्राकृतिक सौन्दर्यलाई लिएर काम गर्न आवश्यक छ। पहाडमा पर्यटनको अपार सम्भावना छ। यहाँ नयाँ नयाँ पर्यटकीय स्थलहरू सिर्जना गर्न सकिन्छ। यहाँ पञ्चायत क्षेत्रमा धेरै समस्याहरु छन्। अब पञ्चायत क्षेत्रमा विकास गर्न आवश्यक छ। तर अब सुर्ताउनु पर्दैन कारण सरकारको धेरै परियोजनाहरु लागु हुनेछ कारण पहिलाको सरकारले धेरै परियोजनाहरु लागु गरेका थिएनन् जसले गर्दा जनताहरु सरकारी योजनादेखि वञ्चित थिए। तर अब नयाँ सरकार आएको छ र केन्द्र सरकारको धेरै परियोजनाहरु लागु हुनेछ र जनताले सुविधा पाउनेछन्। तर सरकारलाई जनताको साथ र सहयोग चाहिन्छ।’










