भाजपा प्रदेश अध्यक्षद्वारा अपर बर्तुक निर्वाचन क्षेत्रका कार्यकर्ताहरूसँग सङ्गठनात्मक बैठक

d207f5d0-976f-4937-a951-e43ae234f66b

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशका अध्यक्ष डी.आर. थापाले आज अपर बर्तुक निर्वाचन क्षेत्रका मण्डल तथा बुथ स्तरका कार्यकर्ताहरूसँग एक महत्त्वपूर्ण समीक्षा बैठक गर्नुभएको छ।
​बैठकका क्रममा प्रदेश अध्यक्ष थापाले उक्त निर्वाचन क्षेत्रमा पार्टीको साङ्गठनिक गतिविधि, बुथ कमिटीहरूको कार्यप्रणाली र हालैका राजनीतिक गतिविधिहरूबारे विस्तृत समीक्षा गर्नुभयो। कार्यकर्ताहरूसँगको अन्तर्क्रियामा उनीहरूका अनुभव र सुझावहरू सुन्दै थापाले सङ्गठनलाई तल्लो तहसम्म अझ सुदृढ र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो।
​अध्यक्ष थापाले सबै कार्यकर्ताहरूलाई एकजुट भएर सङ्गठनको विस्तारमा लाग्न र जनताका समस्याहरू पहिचान गरी जनहितका कार्यहरूलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले पार्टीको सिद्धान्त र जनमुखी नीतिहरूलाई प्रत्येक घर-घरसम्म पुर्‍याउन कार्यकर्ताहरूले आगामी दिनमा अझ बढी परिश्रम र लगनशीलताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

About Author

Advertisement