भागोप्रमो खरसाङ महकुमा टोलीद्वारा पञ्चायत चुनावलाई विभिन्न समष्टिहरूका भ्रमण

IMG-20230620-WA0312.jpg

खरसाङ: भागोप्रमो खरसाड महकुमा समितिको टोलीले विभिन्न समष्टिहरुमा भ्रमण गरी भागोप्रमोको नेतत्वहरूसित भेटघाट गरी चुनाव सम्बन्धित विषयमा चर्चा परिचर्चा साथै कतिपय समस्याहरू विषयमा जानकारी लिएको जानकारी प्राप्त भएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उक्त टोलीमा महकुमा सभापति सुवास प्रधान, महकुमाको कार्यालय सचिव प्रणाय रोका, प्रचार-प्रसार सचिव दिपेन सेवा, बसन्त कुलुङ अनि महकुमा समितिको प्रवक्ता अनुप रामुदामु सामेल रहेका थिए। यस अवसरमा भागोप्रमो टोलीले खरसाङको चिमनी देवराली समष्टी, टुंग सन्त मेरिज समष्टि र लङ्भ्यु अम्बटे पंखाबारी समष्टि क्षेत्रका भ्रमण गरेका थिए। भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको नेतृत्वमा आज तीनवटा समष्टी क्षेत्रका भ्रमण गरेर चुनाव सम्बन्धि विषयमा आफ्नो पार्टीको पदाधिकारीहरूलाई भेट गरी चर्चा परिचर्चा गरिएको साथै विभिन्न समस्याहरू विषयमा पनि जानकारी लिएको बताइएको छ। आजको भ्रमण विषयमा भागोप्रमोको खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अगुवाईमा रहेको एक टोलीले आज तीनवटा समष्टीहरू पुगेर निरीक्षण गरी पार्टीका पदाधिकारीहरूलाई हौसला बढ़ाउने काम गरेको साथै चुनाव सम्बन्धि विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्।

उनले आज खरसाङ अन्तर्गत पर्ने चिमनी देवराली, टुंग सन्त मेरिज, लङ्भ्यु अम्बटे पंखाबारी समष्टितिर पुगेर निरीक्षण गरेको र भविष्यमा खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टिहरूमा पनि पुगेर पार्टी कार्यकर्ताहरू र प्रतिनिधिहरूसित भेटघाट गरिएको जानकारी गराएका छन्। आगामी पञ्चायत चुनावलाई ध्यानमा राखेर पार्टीको प्रतिनिधिहरूले चुनाव विषयमा के कस्तो कार्यहरू गरिरहेका छन् र त्यस विषयमा चर्चा परिचर्चा गरिएको पनि बताएका छन्।

About Author

Advertisement