कालचिनी: केन्द्रिय गृह मन्त्रालय मामिला विभागबाट आएको टोली द्वारा आज बक्सा पहाड़ बनबस्तीको विकास र आधारभूत ढाँचा औ बासिन्दाहरुको आजीविकालाई लिएर आज राजाभातखावा ग्राम पञ्चायतमा प्रधान बबी लामा लगायत बक्साद्वारका पञ्चायत सदस्य सोनम जाङमो डुक्पा, सुन्तलाबारी र २८-२९ बस्तीका पञ्चायत सदस्य बिनु लामा एवम् स्थानीय सरोकारका प्रतिनिधिहरुलाई समेटेर एउटा सभा सम्पन्न भएको थियो।
प्रायः एक घन्टा भन्दा अधिक समयसम्म चलेको उक्त सभा पश्चात निस्किएको केन्द्रिय गृह मन्त्रालय मामिला विभागको नोडल अधिकारी एस बन्दोपाद्यायले बक्सा पहाड़का बनबस्ती बासिन्दाहरुको निमित्त भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत आज यो सभा बसिएको र धेरै रिपोर्टहरु संग्रहण भएको र आगामी एक सप्ताहभित्र सम्पूर्ण रिपोर्ट केन्द्रिय ग्रह मामिला विभागमा जमा गरिने जनाएका छन।
सभामा के आलोचना भयो त्यसबारे केही मन्तव्य नगरेता पनि पश्चिम बंगाल राज्यमा दुईवटा जिल्ला कोचबिहार र अलिपुरद्वार जिल्लाको दुईवटा गाउँ जसमध्ये एउटा अलिपुरद्वार जिल्लाको बक्साद्वार पहाड़को बनबस्तीहरुको समस्या र सम्भावना विषयलाई समेटेर सम्बन्धित सरोकारमा पर्ने प्रतिनिधिहरुसित वार्तालाप साथै लिखित विवरण संग्रह गरिएको नोडल अधिकारी एस बन्दोपाद्यायले जनाएका छन।
उक्त सभामा उपस्थित भएका एकजना पञ्चायत सदस्यले बताए अनुसार सभामा बक्सा हिल फरेस्टको समस्या राख्दा यातायात बाटो र कम्युनिकेशन असुविधा आजीविका विषय र पिउने पानीको समस्या केन्द्रिय गृह मामिला विभागका प्रतिनिधिहरुलाई बताईएको जनाएका छन।









