१० अगस्तः खरसाङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (केडीएचएसए)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को दोस्रो दिन बुधवार दुईवटा म्याच खेलियो। आज भएको पहिलो म्याचमा हिल्स फूटबल एकाडमीले टुंग युनाइडेडलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रिक्देन तामाङ, रुपल राई र बिजेन्द्र थापाले गोल गरे। यसरी नै टुंग युनाइटेडबाट सुजल प्रधानले गोल गरे। दोस्रो म्याचमा लिजेण्ड इलेभेनले जेआर३२ फूटबल एकाडमीलाई ६-१-ले पिट्यो। विजेता टीमबाट नवांग तामाङ एक्लैले ४ गोल गरे। यसबाहेक अल्केश तामाङ र अर्पण थापाले ४-१ गोल गरे। जेआर३२ फूटबल एकाडमीबाट चिराग थापाले गोल गरे। अब सेमिफाइनलमा युनाइटेड दिलाराम र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो सेमिफाइनल लिजेण्ड इलएभेन र गोथल्स साइडिंग युथ क्लबबीच खेलिनेछ। दुवै सेमिफाइनल म्याच १२ अगस्तमा खेलिनेछ। फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टीमलाई प्रदान गरिने ट्रफी १९६०-मा बनाइएको हो। विशुद्ध चाँदीले बनिएको ट्रफीको ओजन १.५ किग्रा रहेको छ।









