गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को निर्देशनमा गठन गरिएको ‘सिक्किम रिलिफ टिम’ हालैको विनाशकारी बाढी तथा पहिरोपीडित परिवारलाई आपतकालीन राहत सामग्री वितरण गर्न नेपाल आइपुगेको छ। टोलीले बाढीबाट अत्यधिक प्रभावित नुवाकोट जिल्लाको विदुरस्थित ढुङ्गे बजार पुगेर प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ।

स्वयंसेवक तथा प्राविधिक टोलीसहित ३५ जना सदस्य रहेको उक्त टोलीले प्रभावित क्षेत्रमा खटिएर प्रत्यक्ष मानवीय सहायता प्रदान गरिरहेको छ। नुवाकोटमा राहत सामग्री वितरणको कार्य सम्पन्न गरेसँगै टोली थप प्रभावित समुदायहरूलाई सहयोग विस्तार गर्न रसुवा जिल्लातर्फ प्रस्थान गरेको जनाइएको छ।





