नयाँ पश्चिम बंगाल ब्रान्ड: विविधता र मानवीय आत्मीयताको पहिचान

IMG-20260904-WA0101

कोलकता: पश्चिम बंगाल हिमालयका पर्वतशृङ्खलादेखि सुन्दरवनका म्यान्ग्रोभ वनसम्म फैलिएको अद्भुत विविधताको गन्तव्य हो। यहाँ जीवन्त परम्परा र संस्कृति, समकालीन सिर्जनशीलता तथा मानिसहरूको न्यानोपन र सहज आतिथ्यले पर्यटकलाई विशेष अनुभव प्रदान गर्छ।
नयाँ पश्चिम बंगाल ब्रान्डको उद्देश्य केवल डेस्टिनेसन प्रमोसनमा सीमित नरही विश्वस्तरीय र दीर्घकालीन डेस्टिनेसन आइडेन्टिटी निर्माण गर्नु हो। यसको आधार दुई विशिष्ट शक्ति—असाधारण विविधता र गहिरो मानवीय सम्बन्ध—लाई बनाइएको छ।
नयाँ लोगो यस अवधारणाको विशिष्ट भिजुअल एक्सप्रेसनका रूपमा प्रस्तुत हुनेछ। यो समकालीन स्वरूपको भए पनि बंगालको सांस्कृतिक जरा र पहिचानसँग जोडिएको हुनेछ। यसले विश्वमञ्चमा पश्चिम बंगालको परिचय, स्मरणीयता र आत्मविश्वासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नयाँ पहिचानले पर्यटकलाई भारतबारे रहेको पूर्वधारणाभन्दा बाहिर सोच्न प्रेरित गर्दै प्रश्न गर्छ- “ह्वाट फिल्स डिफरेन्ट अबाउट इन्डिया हियर?” अर्थात्, “यहाँ भारतको अनुभवमा के फरक महसुस हुन्छ?” यही प्रश्नको उत्तर नै नयाँ पश्चिम बंगाल ब्रान्डको मूल भावना हो।

About Author

Advertisement