बाढ़को चपेटमा काजीरङ्गा राष्ट्रिय उद्यान

Assam

गुवाहाटी: असममा लगातार वर्षाले काजीरङ्गा राष्ट्रिय उद्यान पनि बाढ़को चपेटमा परेको छ। वर्षाले ब्रह्मपुत्र नदीको जलस्तरमा लगातार वृद्धि भइरहेछ। यस वर्ष उद्यानमा पहिलो पल्ट बाढ़को पानी पसेको छ। बाढ़बीच अहिलेसम्म चार वन्य जीव राष्ट्रिय राजमार्ग-३७ नाघेको समय दुर्घटनाहरूमा मारिएका छन्। प्राप्त खबरहरू अनुसार, लगातार पानी परेकोले काजीरङ्गा राष्ट्रिय उद्यानको ७  प्रतिशत क्षेत्र पानीमा डुबेको छ। राष्ट्रिय उद्यानमा अहिलेसम्म कूल १४ वन शिविर पानीमा डुबिसकेको छ। लागातार पानी बढ्दा नयाँ-नयाँ वन शिविरहरूमा पानी भर्ने आशंका बढ़ेको छ। कलियाबार उपखण्ड अन्तर्गत बागरी र बूढ़ापहाड़ वनाञ्चलहरूमा कूल चार वन शिविरहरूमा पानी भरेको छ। अर्कोतिर, उद्यानबाट अग्ला क्षेत्रहरूमा पलायन गरेको समय कूल चार वन्य जीवले राष्ट्रिय राजमार्ग-३७ लाई नाघेको समय आफ्नो ज्यान गुमाइसकेका छन्। यसमध्ये तीन मृग र एक चितुवा सामेल छ।

About Author

Advertisement