खरसाङको सिलिमहिलमा दुईवटा घरहरू पैह्रोको चपेटमा: धेरै घरहरूलाई खतरा

IMG-20220620-WA0120.jpg

खरसाङ: केही दिनदेखि लगातार रुपमा परिरहेको पानीले गर्दा खरसाङको घैयाबारीदेखि केही पर पर्ने सिलिम हिल चियाबारीमा पैह्रो गएर दुईवटा घर पैह्रोको चपेटमा परेको छ भने अन्य ६-७ वटा घरहरू पनि खतरामा परेको छ। सिलिम हिल चियाबारीको प्रदीप दर्जी र उनको दाजु बुध्दिमान दर्जीको घर पैह्रोको चपेटमा परेको छ। दुईवटा घरहरूको संघारबाटै नै गएको पैह्रोले प्रदीप दर्जी र बुध्दिमान दर्जीको घर पैह्रोले लाने अवस्थामा रहेको छ। दुवै घरको आँगनसहित मन्दिर, किचन र कटेरो पैह्रोले लगेको छ। उक्त पैह्रो राती १२ देखि १ बजेतिर गएको र बिहान ३ बजेतिर उठेर हेर्दा पैह्रो गएको प्रदीप दर्जीले बताए। उनले मेरो घरको आँगनबाट गएको पैह्रो बनाउन पहिला नै धेरैपल्ट निवेदन गरेको अनि द्वारे सरकारमा पनि आवेदन गरेको बताएका छन्। पैह्रोको चपेटमा घर परेपछि दुईवटा घरका मानिसहरूलाई आफान्तको घर कि छिमेकीको घरतिर राखिने भएको छ। सिलिम हिल चियाबारीमा गएको यो पैह्रोले प्रदीप दर्जी र बुध्दिमान दर्जीको घर लगायत वरिपरि रहेको आशा दर्जी, सुकवीर दर्जी, उर्गेन तामाङ, सांगे दर्जी, होमराज तामाङ आदिको घरहरू पनि प्रभावित बन्ने देखिएको छ। आफ्नो घर आँगनबाट पैह्रो गएपछि स्थानीय प्रदीप दर्जीले पत्रकारहरूसित कुराकानी मैले यहाँ प्रोटेक्शन वाले लागि धेरैपल्ट निवेदन गरेको अनि द्वारे सरकारमा पनि आवेदन गरेको तर पनि अहिलेसम्म पनि काम नभएको बताएका छन्। सिलिम हिल चियाबारीमा कर्मचारी (कामदारी) काम गर्ने प्रदीप दर्जीले आफ्नो घरको आँगन नै पैह्रोले लगेको र घर अघि रहेको कटेरो, मन्दिर, आँगन सबै पैह्रोले लगेको अनि अब यहाँ बस्नु खतरा भएको बताउँदै अब सरकारले झट्टै यो पैह्रो रोकथामको लागि पहल गरिदिनु पर्ने बताएका छन्। उनले यो पैह्रोले मेरो मात्र घर मात्रै होइन तर अरु वरिपरिका धेरै घरहरूलाई पनि असुविधा भईरहेको बताए।

About Author

Advertisement