खरसाङ: अविरल वर्षाको कारणले खरसाङको तीनधारे क्षेत्रमा पनि पैह्रो गएर एनएच ५५ वाधित बनेको थियो। हालाकि उक्त पैह्रोले बन्द एनएच ५५ दिउँसो नै जीसीबीले सफा गरेर खोलिएको छ। तीनधारेको रेलवे स्टेशन परिसरबाट गएको पैह्रोले पुरानो अस्पताल नजिक पैह्रोको थुप्रो झरेर सड़क बन्द भएको थियो। तर दिउँसो १२ बजे अघि नै जेसीबीले पैह्रो सफा गरेर सड़क मार्ग खोलाउने कार्य सफल भएको छ। अविरल वर्षाको कारणले राती पैह्रो झरेर तीनधारेमा बन्द भएको एनएच ५५ खोलिएको छ। वर्षा लाग्नसाथै तीनधारे क्षेत्रमा पैह्रो जाने डर निक्कै बेसी हुन्छ कारण तीनधारे पैह्रो क्षेत्रमा पर्ने गर्दछ। यसपालीको वर्षाको पहिलो पैह्रो सोमबार बिहान गएको छ। तर पनि पैह्रो गए पनि बाटो भने खोलिएको छ। यो वर्षाको समय तीनधारे क्षेत्रका मानिसहरू सचेत सतर्क रहन आवश्यक देखिन्छ।









