सिमरिङ चियाबारीमा पैह्रोले सड़क लगेपछि रंगटङदेखि महल्दीरामसम्म सडक सिलगढीदेखि विच्छिन्न

IMG-20220620-WA0122.jpg

खरसाङ: खरसाङको तीनधारे महानदी समष्टि अन्तर्गत रंगटङ्गदेखि शिवखोला सिमरिङ्ग हुँदै महलदिरामसम्म पुगेको पीडब्ल्युडीबाट निर्माण भईरहेको बाटो अविरल बर्षाको कारण आज बिहान सिमरिङ्ग बस्तीस्थित अमुरु डाँडामा पैह्रो गएर बन्द भएको छ। शिवखोलादेखि सिमिरिङ, मालुटार हुँदै महालदिरामसम्म गएको सड़क पैह्रोले लगेपछि मलहलदिराम, मालुटार, सिमरिङ क्षेत्र रङटङ, सिलगढीसित विच्छिन्न बनेको छ। यो सड़क अहिले पीडब्ल्युडीले लिएपछि निर्माणाधीन अवस्थामा रहेको थियो। ये सड़कमा पैह्रो आएर सड़क पूरै बन्द भएपछि स्थानीय बासिन्दाहरुलाई यातायातमा,दैनिक राशन-पानी,सौदापात गर्ने, बिमारीहरुलाई उपचार गर्न अस्पताल लैजान, विद्यार्थीहरुलाई पाठशाला जान अनि दैनिक रुपमा काम गर्ने श्रमिकवर्गलाई ठूलो क्षति पुगेका बताइएको छ। सिलिगुडी जाने मुल सडकमा मालुटार सिमरिङ्ग, मालिबासे, पाङ्ग्रेखोला, महलदिराम लगायत अन्य गाउँ मानिसहरुको यातायात सुविधा आजदेखि ठप्प बनेको छ। तीनधारे महानदी समष्टिको रंगटङदेखि महल्दीरामसम्म पुग्ने सड़कको निर्माण कार्य पीडब्ल्युडीबाट भईरहेको थियो भने अलकत्रे सड़क सिमरिङसम्म पुग्न लागेको थियो भने यसको निर्माण कार्य धेरै लामो समयसम्म लागेको स्थानीयहरूको गुनासो रहेको थियो। तर यसपालीको त्यहीमाथि नयाँ बनिन्दै गरेको सड़क नै पैह्रोले लगेपछि सड़कको निर्माण कार्य विषयमा स्थानीयहरूले प्रश्न उठाउन स्वाभाविक नै रहेको बताएका छन्। यसपालीको वर्षाको पहिलो पानीले नै यो सड़क निर्माण कार्य पूरा नभई नै सिमरिङ गाउँमुनितिर पैह्रोले सड़क लगेपछि भने झनै स्थानीयहरूलाई धेरै असुविधा हुने भएको छ। कारण महल्दीराम, मालुटार, सिमरिङ आदि चियाबारीका विभिन्न गाउँहरूका जनतालाई सिलगढी जान धेरै असुविधा हुने भएको छ।

About Author

Advertisement