सामाजिक सद्भाव र एकताको दिइयो सन्देश
बागडोगरा: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत पर्ने बागडोगरा थानाको आयोजनामा ‘विजया सम्मेलनी २०२६’ भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। बागडोगरास्थित स्टेप रिसोर्टमा आयोजित यस समारोहले आपसी भाइचारा, सद्भाव र सामाजिक एकताको एक सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
उक्त गरिमामय कार्यक्रममा पश्चिम बंगाल सरकारका
माननीय पर्यटन एवं संसदीय मामिला मन्त्री डा. शंकर घोष का साथै क्षेत्रका अनेकौँ विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले चाडपर्वले मानिसहरूबीचको दूरी घटाएर एकताको सूत्रमा बाँध्ने कार्य गर्ने बताए। बागडोगरा थानाको यस पहलले पुलिस र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै सामुदायिक पुलिसिङलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।





