छठ पर्वको तयारी तीव्र

FB_IMG_1793626053324

पश्चिम बङ्गालका मन्त्री विशाल लामाद्वारा विभिन्न छठ घाटहरूको निरीक्षण

​कोलकाता। लोकआस्थाको महापर्व छठ पर्व नजिकिँदै गर्दा पश्चिम बङ्गाल सरकारका मन्त्री तथा विधायक विशाल लामाले विभिन्न छठ पूजा घाटहरूको स्थलगत निरीक्षण गरेका छन्। मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीको विशेष अनुरोध र निर्देशानुसार घाटहरूको व्यवस्थापन र सुरक्षा स्थितिबारे जानकारी लिन मन्त्री लामाले विभिन्न क्षेत्रका घाटहरूको अनुगमन गरेका हुन्।
​निरीक्षणका क्रममा मन्त्री लामासँगै पुलिस उपरीक्षक, उपविभागीय अधिकारी, थाना प्रमुख लगायतका उच्च प्रशासनिक अधिकारीहरू र विभिन्न पूजा समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घाटहरूको अनुगमनपछि बोल्दै मन्त्री लामाले छठ घाटहरूमा श्रद्धालु भक्तजनहरूको सुविधा, सुरक्षा, सरसफाइ र अन्य अत्यावश्यक प्रबन्धहरूको विस्तृत जानकारी लिइएको बताएका छन्।
​छठ पूजालाई सुरक्षित, मर्यादित र सुव्यवस्थित रूपमा सम्पन्न गराउनका लागि सम्बन्धित निकाय र आयोजक समितिलाई आवश्यक दिशा-निर्देशन समेत दिइएको उनले जानकारी दिएका छन्। मुख्यमन्त्रीको मार्गदर्शन अनुसार छठ महापर्वका अवसरमा प्रत्येक श्रद्धालुलाई सुरक्षित, सहज र सुविधाजनक वातावरण उपलब्ध गराउनु नै सरकारको मुख्य प्राथमिकता रहेको मन्त्री लामाले बताएका छन्।

About Author

Advertisement