गान्ताेक। सिक्किम मणिपाल विश्वविद्यालयका नवनियुक्त कुलपति डा. मुरलीधरले आज लोकभवनमा सिक्किमका माननीय राज्यपाल श्री दुष्यन्त कुमार गौतमसँग शिष्टाचार भेटघाट गरेका छन्।
भेटवार्ताका क्रममा नवनियुक्त कुलपतिसँगै विश्वविद्यालयका कुलसचिव डा. कर्मा सोनाम शेर्पा र सम्पर्क अधिकारी डा. सन्दीप कश्यपको पनि उपस्थिति रहेको थियो। भेटघाटमा माननीय राज्यपालले नवनियुक्त कुलपतिलाई विश्वविद्यालयको यस नयाँ र महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
सो अवसरमा कुलपति डा. मुरलीधरले आफ्नो व्यस्त समय उपलब्ध गराउनु भएकोमा तथा प्रेरणादायी मार्गदर्शन प्रदान गर्नुभएकोमा माननीय राज्यपालप्रति गहिरो कृतज्ञता व्यक्त गरे। भेटका दौरान सिक्किममा उच्च शिक्षाको गुणस्तर वृद्धि तथा शैक्षिक विकासका विविध पक्षहरूमा समेत चर्चा गरिएको थियो।





