बम विस्फोटमा एक व्यक्ति घाइते

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा शुक्रवार एउटा देशी बम विस्फोटमा एक व्यक्ति घाइते भए। यो विस्फोट एउटा घरमा भयो, जहॉं अवैध रूपमा विस्फोटक एकत्रित गरिएको थियो।

पुलिसले घरबाट केही देशी बम पनि फेला पारेका छन्। घरका मालिक जितेन्द्र गुप्ताको हातमा चोट लागेको छ। उसलाई पहिला पानीहाटीको एउटा अस्पतालमा लगियो, तर स्थिति गम्भीर बनेकाले कोलकाता रेफर गरियो।

पुलिसले जॉंच शुरू गरेको छ र बम कसले अनि कुन अभिप्रायले जमा गरिएको थियो भनेर पत्तो लगाउने प्रयास गरिरहेको छ। विस्फोटपछि क्षेत्रमा तनाउको माहोल छ। पश्चिम बंगाल गत केही महिनादेखि विस्फोट सम्बन्धी खबरहरूका कारण राष्ट्रिय स्तरमा चर्चामा रहेको थियो।

-हिस

About Author

Advertisement