यूपीआई ह्याक गरेर उड़ाइयो एक लाख रूपियॉं

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता छेउ न्यू टाउन क्षेत्रमा एउटा सनसनीपूर्ण मामिला अघि आएको छ। यहॉं यूपीआई अकाउण्ट ह्याक गरेर ब्याङ्क खाताबाट एक लाख रूपियॉं चोरी गरिएको छ। पीड़िताले यस सम्बन्धमा शिकायत दर्ता गरेकी छन्। पीड़िताको नाम सायोनी सरकार घोष हो।

पीड़िता अनुसार, पहिलोपल्ट दिउॅंसो एउटा म्यासेज आएको थियो, जसमा ९५ हजार रूपियॉं काटिएको उल्लेख थियो। एक मिनटपछि फेरि पॉंच हजार रूपियॉं काटिएको जानकारी प्राप्त भयो। त्यस समय उनी विश्राम गरिरहेकी थिइन्। उनको मोबाइल पनि चल्न बन्द भएको थियो। त्यसपछि, उनले विधाननगर पुलिस कमिश्नरेटको साइबल सेलमा शिकायत दर्ता गराइन्।

शुक्रवार उनको ब्याङ्क खाताबाट पैसा निकालिएको थाहा लाग्यो। पैसा यूपीआई अकाउण्ट ह्याक गरेर निकालिएको थियो।

-हिस

About Author

Advertisement