तृणमूल विधायकको घरमा तीन दिनदेखि चलिरहेको छ आईटीको छापा

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः भाजपा छाड़ेर तृणमूलमा सामेल भएका विष्णुपुरका विधायक तन्मय घोषको परिवारको स्वामित्वमा रहेको चामलमा तेस्रो दिन शुक्रवार पनि आयकर विभागको म्याराथन खोजी जारी छ। लगातार ४८ घण्टाभन्दा धेरै समयदेखि आयकर विभागका अधिकारीहरूले विधायकका ठेगानाहरूमा छापा मारिरहेका छन्।

बिहिवारपछि शुक्रवार बिहान पनि विधायक तन्मय राइस मिलमा देखिए। उनका अकाउण्टेन्ट अरूप सामन्तलाई पनि बोलाइएको थियो। सूत्रहरू अनुसार, आयकर विभागका अधिकारीले दुवैलाई राखेर सोधपुछ गर्न सक्छ। सूत्रहरू अनुसार, बुधवार राति आयकर प्रतिनिधिहरूको निम्ति राइस मिलमा सुत्ने व्यवस्था गरिएको थियो। उनीहरूका लागि खाना पनि बाहिरबाट ल्याइॅंदैछ।

विपक्षका नेता शुभेन्दु अधिकारी बिहिवार बांकुडाको बिष्णुपुर आएका थिए। उनले विष्णुपुरका विधायक तन्मय घोषको तुलना खाद्य विभागको भ्रष्टाचारका आरोपित मध्ये एक बकिबुरसॅंग गर्दै भने, बकिबुर सरह विधायक तन्मय घोषले पनि यस चामल मिलको माध्यमद्वारा भ्रष्टाचार गरेका छन्। तृणमूलको विष्णुपुर सांगठनिक जिल्लाका अध्यक्ष एवं बाराजोराका विधायक आलोक मुखोपाध्यायले भने, राजनीतिक प्रतिशोधका कारण छापा मारिएको हो। यो चामल मिलको व्यापार तन्मयको पिताको समयदेखि छ। आयकर विभागले जति नै प्रयास गरे तापनि केही हासिल हुने छैन।

-हिस

About Author

Advertisement