बंगालमा सत्ता फेरिएसँगै पुलिसको ‘डिजिटल’ कित्ताकाट, ममतालाई अनफलो गरी मोदीलाई पछ्यायो कोलकाता पुलिसले

pant-1

नयाँ दिल्ली: पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) को ऐतिहासिक जितपछि राज्यको प्रशासनिक र सुरक्षा संयन्त्रमा नाटकीय परिवर्तन देखिन थालेको छ। नयाँ सरकारको शपथ ग्रहणअघि नै कोलकाता पुलिसको आधिकारिक एक्स (ट्विटर) ह्यान्डलले पूर्वमुख्यमन्त्री ममता बनर्जी र तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीलाई ‘अनफलो’ गरेको छ।
​राजनीतिक वातावरणमा आएको परिवर्तनलाई आत्मसात् गर्दै कोलकाता पुलिसले अब प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र प्रधानमन्त्री कार्यालय (पीएमओ) को आधिकारिक अकाउन्टहरूलाई ‘फलो’ गर्न सुरु गरेको छ। यसअघि तृणमूल कांग्रेसको मुख्यालय र नेताहरूको निवासबाट अतिरिक्त सुरक्षा घेरा समेत हटाइएको छ।
​नयाँ मुख्यमन्त्रीका रूपमा चुनिएका शुभेन्दु अधिकारीले आज कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा भव्य समारोहका बीच शपथ लिँदैछन्। शुक्रबार गृहमन्त्री अमित शाहको उपस्थितिमा भएको भाजपा विधायक दलको बैठकले अधिकारीलाई सर्वसम्मतिले नेता चयन गरेको थियो। तीन दशक लामो वामपन्थी शासन र त्यसपछिको १५ वर्ष लामो तृणमूलको सत्ता ढाल्दै भाजपाले पहिलो पटक बंगालको बागडोर सम्हाल्न लागेको हो।

About Author

Advertisement