कोलकाता: भारतको प्रतिष्ठित बेबी केयर ब्रान्ड हिमालया बेबीकेयरले यस वर्षको मदर्स डे (मातातीर्थ औंसी) को अवसरमा मातृत्वको सुन्दर यात्रालाई सम्मान गर्दै एक भावपूर्ण डिजिटल भिडियो कमर्सियल सार्वजनिक गरेको छ। ‘मम्मा वाली फिलिङ’ शीर्षक दिइएको यस अभियानले शिशुको विकासका प्रारम्भिक चरणहरूमा आमाले महसुस गर्ने गहिरो भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ।
सदाबहार लोरी ‘चन्दा है तू’ को मधुर धुनमा आधारित यस भिडियोमा एउटी आमाले आफ्नी छोरीलाई स्कुलको पहिलो दिनका लागि तयार गर्दै गर्दा विगतका स्मृतिहरूमा हराएको देखाइएको छ। शिशुको पहिलो मसाज, पानीसँगको खेल र भुइँमा खेल्दाका साना तर अर्थपूर्ण पलहरूले कसरी आमा र सन्तानबीचको सम्बन्धलाई मजबुत बनाउँछ भन्ने कुरालाई फिल्मले कलात्मक रूपमा प्रस्तुत गरेको छ।
हिमालया वेलनेस कम्पनीका बेबीकेयर निर्देशक चक्रवर्ती एन.भी. का अनुसार यो अभियानले उत्पादनको उपयोगिताभन्दा माथि उठेर मातृत्वका वास्तविक भावनाहरूलाई समेट्ने प्रयास गरेको छ। उनले भने, “हामी विश्वास गर्छौं कि मातृत्व धेरै साना ‘पहिलो अनुभव’ हरूको समष्टि हो। यो अभियानमार्फत हामी ती दैनिक अनुभवहरूको उत्सव मनाइरहेका छौं जसले आमाको यात्रालाई परिभाषित गर्दछ।” यो अभियानलाई सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा विभिन्न क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिने कम्पनीले जनाएको छ।











