रुसी विजय दिवस: पुटिनद्वारा नेटोको कडा आलोचना, युक्रेन युद्धलाई ‘न्यायपूर्ण’ भएको दाबी​

Russia-1

मस्को: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघले प्राप्त गरेको जितको सम्झनामा शनिबार मस्कोको रेड स्क्वायरमा आयोजित ‘विजय दिवस’ (भिक्ट्री डे) परेडलाई सम्बोधन गर्दै नाटो र पश्चिमी देशहरूमाथि कडा प्रहार गरेका छन्। पुटिनले युक्रेनमा भइरहेको सैन्य कारबाहीलाई ‘न्यायपूर्ण’ युद्धको संज्ञा दिँदै यसले देशको भविष्य निर्धारण गर्ने बताए।
​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा शनिबारदेखि तीन दिने(९-११ मे) युद्धविराम लागू भएको समयमा यो परेड आयोजना गरिएको हो। परेडमा सम्बोधन गर्दै पुटिनले नेटोलाई युक्रेनमा आक्रामक शक्तिको रूपमा प्रस्तुत गरे। “हामी नेटोको समर्थन प्राप्त आक्रामक शक्तिको सामना गरिरहेका छौं, हाम्रा सैनिकहरू सोभियत संघको गौरवशाली इतिहासबाट प्रेरित भएर लडिरहेका छन्,” पुटिनले भने। रोचक कुरा के छ भने, यस पटकको परेडमा बख्तरबन्द सवारी र ब्यालिस्टिक मिसाइलहरू प्रदर्शन गरिएन, जसलाई पछिल्ला वर्षहरूकै सबैभन्दा कम सैन्य उपकरण देखिएको परेड मानिएको छ। कार्यक्रममा बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्को, लाओसका राष्ट्रपति र मलेसियाका राजाको उपस्थिति थियो।

About Author

Advertisement